OSNepal आइतबार, मंसिर १२ २०७८

नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो

नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो
Reading Time: < 1 minute

काठमाडौ, २९ कात्तिक-नेसनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । माइक्रोफाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड आठ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८४ दशमलव ३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले आठ करोड ६७ लाख नौ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियो । सञ्चालन नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४८ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा खराब कर्जा शून्य दशमलव ६४ प्रतिशतले बढेर दुई दशमलव ९२ पुगेको छ । अघिल्लो वर्षको खराब कर्जा दुई दशमलव २८ प्रतिशत थियो । तीन महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४५ पैसाले बढेर १०६ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ दुई सय ६० रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड