थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २७० जना भए निको — OSNepal

थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २७० जना भए निको

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २७० जना संक्रमण मुक्त भएका छन् भने १ जना संक्रमितको ज्यान गएको छ । कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर