भारतबाट नेपालतर्फ आउँदै गरेका २२ वर्षीय मनिष श्रेष्ठ यस्तो सामान सहित पक्राउ — OSNepal

भारतबाट नेपालतर्फ आउँदै गरेका २२ वर्षीय मनिष श्रेष्ठ यस्तो सामान सहित पक्राउ

LC (KTM) November 15, 2021 0

मोरङ २९ कात्तिक । बाइस वर्षीय मनिष श्रेष्ठ नियन्त्रित लागुऔषध सहित पक्राउ परेका छन् ।

सोमबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेका मनिषलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध २ सय ८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल बरामत गरेको छ ।

बिराटनगर महानगरपालिका-१६ दरैयाबाट उनलाई पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर