आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु — OSNepal

आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु

LC (KTM) November 15, 2021 0

देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १३६ जना रहेको छ । आज २७० जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५४४ पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

एकको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ७४ हजार ४५२ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३११ रहेको छ । अहिले होम आइसोलेशनमा छ हजार ७७९, संस्थागत आइसोलेशनमा ५३२, आइसीयुमा २२५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर