जनताबाटै निर्वाचित भएका जनप्रतिनिधि एक लाख ५० हजार घुस रकमसहित समातिए — OSNepal

जनताबाटै निर्वाचित भएका जनप्रतिनिधि एक लाख ५० हजार घुस रकमसहित समातिए

LC (KTM) November 15, 2021 0

काठमाडौँ, २९ कात्तिक-जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् । तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका अनुसार रु एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई आज पक्राउ गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घुस माग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरिएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर