२४ घण्टामा गण्डकीमा २६ जना सङ्क्रमित थपिए, ५७ सङ्क्रमणमुक्त — OSNepal

२४ घण्टामा गण्डकीमा २६ जना सङ्क्रमित थपिए, ५७ सङ्क्रमणमुक्त

LC (KTM) November 15, 2021 0

गण्डकी- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २६ जना सङ्क्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका–८ का ६९ वर्षीय पुरुष रहेको उहाँले जानकारी दिनुभयो । निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ जना पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमित ३२७ जना रहेको र होम आइसोलेशनमा २९२ जना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर