कांग्रेस महानगर/उपमहानगर सभापतिको उम्मेदवारी शुल्क कति ? — OSNepal

कांग्रेस महानगर/उपमहानगर सभापतिको उम्मेदवारी शुल्क कति ?

LC (KTM) November 15, 2021 0

काठमाडौं, २९ कात्तिक-नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।कांग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तीर्नुपर्ने छ ।

नगरपालिका सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर