मुख्यमन्त्री पाण्डेविरुद्ध खनिए डोरमणि: विदेशी व्यापारीको कमिसनमा महत्त्वपूर्ण योजना रोकेको आरोप — OSNepal

मुख्यमन्त्री पाण्डेविरुद्ध खनिए डोरमणि: विदेशी व्यापारीको कमिसनमा महत्त्वपूर्ण योजना रोकेको आरोप

LC (KTM) November 15, 2021 0

बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको विरोधमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल उत्रिएका छन् ।

बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती भएको बताएका हुन् । पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित राष्ट्रघाती निर्णय हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर