OSNepal मंगलबार, मंसिर १४ २०७८

ट्र्याक्टरको ठक्करबाट पासवानको मृत्यु,चार जना गम्भीर घाइते

ट्र्याक्टरको ठक्करबाट पासवानको मृत्यु,चार जना गम्भीर घाइते

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


ट्र्याक्टरको ठक्करबाट पासवानको मृत्यु,चार जना गम्भीर घाइते
Reading Time: < 1 minute

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो । गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टरको ठक्करबाट खडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड