यस्ता छन् केराको बुङ्गोका अपत्यरिला फाइदाहरु ,बुढ्यौलीपन पनि कम गर्नदेखी क्यान्सरको जोखिम हटाउनु — OSNepal

यस्ता छन् केराको बुङ्गोका अपत्यरिला फाइदाहरु ,बुढ्यौलीपन पनि कम गर्नदेखी क्यान्सरको जोखिम हटाउनु

LC (KTM) November 16, 2021 0

काठमाडौँ । केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ ।

यसले स्वालमा मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी काम गर्छ । बुङ्गोमा एन्टि अक्सिडियन्ट हुने हुँदा मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन पनि कम गर्नका लागी सहयोग गर्छ ।हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै यसले मधुमेह र डिप्रेसन भएको व्यक्तिहरुको लागी एकदमै फाइदाजनक हुन्छ ।

किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक ईन्सुलिनको मात्रा घटाउने तत्व पाइन्छ । मृगौला र मुत्र प्रणालीलाई समेत फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा आईरन, क्याल्सियम तथा कपर जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ ।यदि केराको बुङ्गोलाई पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्नेछ । त्यसका साथै अत्यधिक मात्रामा हुने ब्लिडिङ पनि कम हुन्छ । यो सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाइदाजनक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर