राप्रपा प्रदेश अध्यक्ष : चारवटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा — OSNepal

राप्रपा प्रदेश अध्यक्ष : चारवटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा

LC (KTM) November 16, 2021 0

काठमाडौं – आगामी ११ देखि १३ मंसिरमा हुने महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्षका लागि तीनवटा प्रदेशमा प्रतिस्पर्धा भएको छ । तीनवटा प्रदेशमा सर्वसम्मत प्रदेश अध्यक्ष चयन भए पनि प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन भएका छन् ।

‘चारवटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको छ, तीनवटामा भने प्रतिस्पर्धावाट अध्यक्षहरु निर्वाचित भएका छन्,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले न्युज कारखानासँग भने । उनका अनुसार संघीय शासन सुरु भएपछि पहिलो पटक राप्रपाले प्रदेश अधिवेशन गरेको हो ।

अध्यक्षका लागि प्रदेश १ मा भक्ति सिटौलालाई ३७ मतले पराजित गर्दै राम थापा बिजयी भएका छन् भने गण्डकीमा हेमजंग गुरुङले मदनबहादुर गुरुङलाई ७४ मतले पराजित गर्दै गण्डकी प्रदेशको नेतृत्व सम्हालेका छन् ।

लुम्बिनी प्रदेशमा प्रदिपकुमार उदय र ऋषिराज देवकोटाबीचको प्रतिस्पर्धामा उदयले बाजी मारेका छन् । उदयले २ सय ५६ मत ल्याउँदा देवकोटा १ सय ९४ मत पाएका छन् ।

श्रेष्ठका अनुसार चारवटा प्रदेशमा भने प्रदेश अध्यक्ष सर्वसम्मत चयन भएका छन् । जसअनुसार प्रदेश २, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अध्यक्ष सर्वसम्मत चयन भए ।

प्रदेश २ मा भरत गिरी, बाग्मतीमा विक्रमबहादुर थापा, कर्णालीमा दीपबहादुर शाही र सुदुरपश्चिममा धर्मराज जोशी सर्वसम्मत प्रदेश अध्यक्ष चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर