OSNepal शनिबार, मंसिर १८ २०७८

बल्दै गरेको दियो ढल्किएर सुरु भएको थियो मुगुमा आगलागी, हेर्दाहेर्दै जले १७ घर र तीन वटा घुम्ती पसल

बल्दै गरेको दियो ढल्किएर सुरु भएको थियो मुगुमा आगलागी, हेर्दाहेर्दै जले १७ घर र तीन वटा घुम्ती पसल

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


बल्दै गरेको दियो ढल्किएर सुरु भएको थियो मुगुमा आगलागी, हेर्दाहेर्दै जले १७ घर र तीन वटा घुम्ती पसल
Reading Time: < 1 minute

मुगु, ३० कात्तिक – मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड