कांग्रेस नगर सभापतिको उम्मेदवारी शुल्क चार हजार — OSNepal

कांग्रेस नगर सभापतिको उम्मेदवारी शुल्क चार हजार

LC (KTM) November 16, 2021 0

काठमाडौं, २९ कात्तिक-नेपाली कांग्रेसले उम्मेद्‍वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।कांग्रेसले नगरपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि चार हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तीर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि एक हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर