तपाईले थाहा नपाएका बन्दा खाँदाका यस्ता छन् रहस्यमय फाईदाहरु — OSNepal

तपाईले थाहा नपाएका बन्दा खाँदाका यस्ता छन् रहस्यमय फाईदाहरु

LC (KTM) November 16, 2021 0

काठमाडौ-बन्दा स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुको भान्सामा पाकिने नियमित तरकाली पनि हो । बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ ।

यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । यस्ता छन् । बन्दाका विभिन्न किसिमका फाइदा बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ ।

रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।दैनिक रुपमा बन्दा खाँदा कोलेस्ट्रोलको मात्रा घट्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । वास्तवमा बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा ९एचडीएल० बढाउने र खराब कोलेस्ट्रोल घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ ।

यसले मुटुको रोगबाट मुक्त गराउँछ । बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।कमजोर दृष्टि भएका बन्दालाई आफ्नो खानाको एउटा महत्वपूर्ण अंश बनाएर दृष्टिमा सुधार ल्याउन सक्छन् । बन्दामा पाइने स्यान्थोपी हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर