मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न ट्रक व्यवसायीको माग — OSNepal

मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न ट्रक व्यवसायीको माग

LC (KTM) November 16, 2021 0

काठमाडौँ, ३० कात्तिक – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गर्नुभएको हो ।

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा रु १०४ बाट रु १५ बढाएर रु ११९ पु¥याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर