बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना — OSNepal

बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना

LC (KTM) November 16, 2021 0

काठमाडौं, ३० कात्तिक-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ ।

सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर