६ महिना देखि रिक्त रहेको एसएसपी पदमा यी आठ जना एसपीको नाम सिफारिस — OSNepal

६ महिना देखि रिक्त रहेको एसएसपी पदमा यी आठ जना एसपीको नाम सिफारिस

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । ६ महिना देखि रिक्त रहेको पदमा गृहमन्त्रालयले नेपाल प्रहरीका आठ जना प्रहरी उपरिक्षक(एसपी) हरुलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको गृहमन्त्रालयको बैठकले जनपद समूहतर्फ आठ एसपीहरुको बढुवा गर्ने सिफारिस गरेको हो ।

बढुवा सिफारिस गरिएको नाममा एक नम्बरमा विकास राज खनाल परेका छन् । भने अन्यमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर