प्रहरीको घेराबन्दी तोड्दै आज पनि प्रधानन्यायाधीश जवराको विरोधमा सर्वोच्चको मुल गेटमा कानुन व्यवसायीहरुको धर्ना सुरु — OSNepal

प्रहरीको घेराबन्दी तोड्दै आज पनि प्रधानन्यायाधीश जवराको विरोधमा सर्वोच्चको मुल गेटमा कानुन व्यवसायीहरुको धर्ना सुरु

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुल गेटमा धर्ना सुरु गरेका छन् ।

प्रहरीको घेराबन्दी तोड्दै कानुन व्यवसायीहरु अदालतको मुल गेटमा धर्ना दिन पुगेका हुन् । गत कात्तिक १४ गते देखि सुरु भएको धर्ना कार्यक्रममा केहि हुलदंगा हुन थालेपछि दिनुहँ प्रहरीको बाक्लो सहभागीता हुँदै आएको छ ।

 प्रधानन्यायाधीशको पक्षमा समेत  प्रदर्शन  हुने थालेको   छ  ।   प्रधानन्यायधीशले संवादमा आउन  आग्रह गरेपनि   आन्दोनरत कानुन व्यवसायीले  अस्विकार  गरेका   छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर