OSNepal बिहिबार, मंसिर १६ २०७८

जनताले न्याय नपाउनुको कारण प्रधान्यायाधीश भएकाले अविलम्ब राजीनामा दिनुपर्छ : महतो

जनताले न्याय नपाउनुको कारण प्रधान्यायाधीश भएकाले अविलम्ब राजीनामा दिनुपर्छ : महतो

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


जनताले न्याय नपाउनुको कारण  प्रधान्यायाधीश भएकाले अविलम्ब  राजीनामा  दिनुपर्छ :     महतो
Reading Time: < 1 minute

काठमाडौं ३० कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भएकाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशले अविलम्ब नगरी पदबाट राजीनामा दिनुपर्ने नेता महतो भनाइ रहेको छ । मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले सेटिङमा देश चलिरहेकोले जवराले राजीनामा दिनुपर्छ भनेका हुन् ।

‘नेपाली जनताले न्याय नपाउनु , अदालत सञ्चालनमा नआउनु, न्यायाधीश लगायत सारा कानून व्यवसायी आन्दोलनमा जानुको अर्थ देश सेटिङमा चलिरहेको छ । यसको मुख्य कारक भने जबरा हुन् ‘ महतोले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड