धर्नामा बसेका कानुन व्यवसायीको खोसियो माइक — OSNepal

धर्नामा बसेका कानुन व्यवसायीको खोसियो माइक

LC (KTM) November 16, 2021 0

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो ।

दुई साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको छ ।

बारको धर्नालाई छलेर आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर