कांग्रेस, एमाले र माओवादीले एकल जातीय सोच र चिन्तनबाट देश सञ्चालन गरेकाले न्यायालयमा समस्या आएको महताको आरोप — OSNepal

कांग्रेस, एमाले र माओवादीले एकल जातीय सोच र चिन्तनबाट देश सञ्चालन गरेकाले न्यायालयमा समस्या आएको महताको आरोप

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले कांग्रेस, एमाले र माओवादीले एकल जातीय सोच र चिन्तनबाट देश सन्चालन गरिरहेको आरोप लगाएका छन् ।

वर्तमान सर्वोच्च अदालतमा देखिएको समस्यालाई लिएर नेता महतोले यस्तो प्रतिक्रिया दिएका हुन् । नेता महतोले मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

जबसम्म बहुराष्ट्रिय राज्यको रुपमा शासन र संविधान चल्दैन तबसम्म यस्ता समस्या आइरहने बताएका छन् । ‘यो देश बहुल राष्ट्रिय राज्य हो । त्यसअनुसार संविधान बनेन र शासन चलाइएन । जड यहाँ हो’ महतोले भने ।

उनले शासन र संविधानको सम्पुर्ण समधान नेपाली जनताले गर्नुपर्ने बताएका छन् । देश बहुल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट चलाउनुपर्ने नेता महतोको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर