कमेडियन कपिल शर्मालाई चिनाउनमा धर्मेन्द्रको यति ठुलो हात ? — OSNepal

कमेडियन कपिल शर्मालाई चिनाउनमा धर्मेन्द्रको यति ठुलो हात ?

LC (KTM) November 16, 2021 0

काठमाडौं टेलिभिजनमा सशक्त कमेडियनका रूपमा चर्चा कमाएका व्यक्तिमा पर्छन्, कपिल शर्मा । उनले लामो संघर्षका क्रममा सफलता र असफलता दुवैलाई भोगिसकेका छन् ।

टेलिभिजनमा दर्शकको साथ पाउँदै स्टारडम बढाइरहेका कपिल आपसी विवादका कारण शून्य अवस्थामा पुगेका थिए । अस्ट्रेलियामा शो सकेर फर्किंदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता उठ्न सकेका थिएनन् ।

उनले पटकपटक आफूलाई उठाउन प्रयास पनि नगरेका होइनन्, तर पनि असफलता नै पाए । त्यसपछि उनी झन्डै एक वर्ष टीभीबाट हराए । उनलाई ुकमब्याकु गर्ने प्रेरणा र आत्मबल बलिउडका ुभाइजानु सलमान खानले दिए । उनले कपिललाई कमब्याक मात्र गराएनन्, स्थापित नै बनाए ।

पछिल्लो समय कपिल यसै शोको नयाँ सिजनमार्फत दर्शक सामु आइरहेका छन् । अघिल्लो हप्ताबाट सुरु भएको शोमा अतिथि आउने क्रम बढ्दो छ । आइतबार प्रसारण भएको एपिसोडमा उनका प्रिय कलाकार धर्मेन्द्रसँगै शत्रुघ्न सिन्हा पनि आएका छन् । उनले पहिलेझैँ सफलता पाइरहेका छन् ।

कपिलले आफू सफल कमेडियन बन्नुको श्रेय बलिउडका स्टार धर्मेन्द्रलाई दिएका छन् । उनले आफू धर्मेन्द्रकै कारण कपिलको नामले चिनिएको र आफ्नो कमेडी देखाउने अवसर पाएको बताए ।

‘मैले निकै संघर्षपछि शो सुरु गरेँ तर त्यतिबेला अतिथि बनेर कोही आउन मान्दैनथे’, उनले पुराना दिनलाई सम्झिँदै भने, ‘उक्त समयमा मेरो निम्तोलाई स्वीकार्दै धमेन्द्र आइदिनुभयो । म उहाँकै कारण आज यहाँ छु ।’

धर्मेन्द्र अतिथि बनेको शो निकै लोकप्रिय भएको थियो भने कपिल पहिलो पटक उक्त एपिसोडमार्फत टीआरपीको शीर्ष स्थानमा थिए । त्यसपछि कपिलको शोमा लगातार सेलिब्रेटीहरू आइरहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर