मोटो रकम सहित नौ जुवाडे पक्राउ — OSNepal

मोटो रकम सहित नौ जुवाडे पक्राउ

LC (KTM) November 16, 2021 0

लमजुङ, ३० कात्तिक-लमजुङ प्रहरीले बेसीसहर नगरपालिका-११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नाै जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नाै सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ । पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर