११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे अभिनेता राजकुमार र पत्रलेखाले — OSNepal

११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे अभिनेता राजकुमार र पत्रलेखाले

LC (KTM) November 16, 2021 0

काठमाडौं -बलिउड अभिनेता राजकुमार राव र नायिका पत्रलेखा विबाह बन्धनमा बाधिएका छन् । उनले सोमबार प्रेमिका पत्रलेखासँग चण्डीगढमा बिबाह गरेको भारतिय मिडियाले जनाएका छन् ।

वैवाहिक जीवनमा बाँधिएको अवसरमा राजकुमार र पत्रलेखालाई भारतका राजनीति दलका नेतादेखि बलिउड फिल्मकर्मी तथा कलाकारहरुले बधाइ दिइरहेका छन् । विवाह पछि उनीहरुले पार्टी दिइसकेको बताइएको छ ।

यो जोडी बिगत ११ वर्ष देखी प्रेम सम्बन्धमा रहेको थियो । विवाह समारोहमा पत्रलेखाले क्रिम रंगको सारी लगाएकी थिइन् उनी उक्त सारीमा निकै सुन्दर देखिएकी थिइन् । राजकुमारले सिल्क कुर्ता पहिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर