सामान्य विवादमा आफ्नै दाईको चक्कु प्रहार गरी हत्या गर्ने एक जना पक्राउ — OSNepal

सामान्य विवादमा आफ्नै दाईको चक्कु प्रहार गरी हत्या गर्ने एक जना पक्राउ

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । आफ्नै दाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखिया रहेका छन् ।

निजले आफ्नै दाई ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेका हुन् । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा दाजुभाई बिच विवाद भएपछि भाईले चक्कु प्रहार गर्दा दाईको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

खबर  प्राप्त हुना साँथ    घटनास्थल पुगेको  जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित सोमबार साँझ  पक्राउ गरेको  हो । यस विषयमा  प्रहरीले थप अनुशन्धान गरिरहेको  छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर