OSNepal शनिबार, मंसिर ११ २०७८

मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराउने

मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराउने

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराउने
Reading Time: < 1 minute

सुर्खेत – मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आगलागीको पीडितको अवस्था बुझ्न मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम छ । मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज कर्णाली प्रदेश सरकारले पीडितहरूलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सोमबार राति भएको आगलागीमा मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड