दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै — OSNepal

दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै

LC (KTM) November 16, 2021 0

दोहा, ३० कात्तिक-दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो । सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएरजाँच गरेका थिए ।

निवस्त्र पारिएको घटनाबारे महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए । घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए ।

करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्र्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर