वन्दको कारण देखाउँदै एमालेबाट प्रदेश १ को बैठक स्थगित गर्न माग — OSNepal

वन्दको कारण देखाउँदै एमालेबाट प्रदेश १ को बैठक स्थगित गर्न माग

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । नेकपा एमालेले आज बस्ने भनिएको प्रदेश १ को प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लवले पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धिलाई लिएर नेपाल वन्द गराएको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न माग गरेको हो ।

अहिले केहि बरे अगाडी मात्र बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका बताइएको छ ।

प्रदशे १ मा आज मुख्यमन्त्री राजेन्द्र राइृले विश्वासको मत लिने कार्यसुची रहेको छ । तथापी, सत्तापक्षका दलहरुले भने बैठक अगाडी बढाउनुपर्ने बताएका छन् ।

एमालेले भने वन्दको कारण आफ्ना सांसदहरु बैठकमा आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर