पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री बन्दका कारण माथिल्लाे फेदीमै राेकिए — OSNepal

पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री बन्दका कारण माथिल्लाे फेदीमै राेकिए

LC (KTM) November 16, 2021 0

ताप्लेजुङ, ३० कात्तिक – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ भाेग्नु परेकाे हाे । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेकाे मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेकाे हाे ।

एक्कासी बन्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारकाे माथिल्लो फेदीमा साेमबार दुई हजार दुई सय भक्तजन राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा राेकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् । फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ-आफ्नो घर फर्कने गर्छन् । तर, बन्दले यातायातका साधनहरु ठप्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए ।

बन्दले यातायातका साधन ठप्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने बन्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । बन्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर