OSNepal बिहिबार, मंसिर १६ २०७८

तिघ्रामा चोट लागेपछि नेयमारले अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने पक्का

तिघ्रामा चोट लागेपछि नेयमारले अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने पक्का

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


तिघ्रामा चोट लागेपछि नेयमारले अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने पक्का
Reading Time: < 1 minute

काठमाडौं, ३० कात्तिक । ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।

बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो ।

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जित निकाले विश्वकपको यात्रा पक्का गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड