खेतमा धान काटिरहेकी १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ — OSNepal

खेतमा धान काटिरहेकी १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

LC (KTM) November 16, 2021 0

सिरहा ३० कात्तिक । १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोर रहेका छन ।

उनले ति किशोरीलाई आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर