OSNepal बिहिबार, मंसिर १६ २०७८

खेतमा धान काटिरहेकी १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

खेतमा धान काटिरहेकी १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


खेतमा  धान काटिरहेकी  १५ वर्षीया किशोरीलाई  जवरजस्ती  करणी गरेको  अभियोगमा  १८ वर्षीय किशोर  पक्राउ
Reading Time: < 1 minute

सिरहा ३० कात्तिक । १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोर रहेका छन ।

उनले ति किशोरीलाई आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड