बजार बन्द गराउँदै हिँडेका विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट समातिए — OSNepal

बजार बन्द गराउँदै हिँडेका विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट समातिए

LC (KTM) November 16, 2021 0

सुनसरी – बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् ।बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो । ढुङ्गा प्रहारपछि कारको अगाडिको भाग फुटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेकपाले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानैदेखि धरान, इटहरी, इनरुवालगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर