३७७ जनामा संक्रमण पुष्टि हुँदा १७० जना निको र ४ जनाको मृत्यु — OSNepal

३७७ जनामा संक्रमण पुष्टि हुँदा १७० जना निको र ४ जनाको मृत्यु

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ९ लाख १२ हजार ८४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा १ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ४ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर