आलेको घरबाट ११ जना यस्तो अबस्थामा समातिए — OSNepal

आलेको घरबाट ११ जना यस्तो अबस्थामा समातिए

LC (KTM) November 16, 2021 0

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–४ फलाम्दीबाट ११ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो ।

ड्कबहादुर आलेको घरमा कौडा खेलिरहेका भरत आले, डिलबहादुर आले, लीलाबहादुर थापा, अनिल थापा, राजकुमार आले, ज्ञानबहादुर थापा, गजेन्द्र थापा, शङ्करबहादुर थापा क्षेत्री, रुपनारायण मल्ल र भीमसेन नारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । प्रहरीले १६ थान कौडा र नगद रु ४५ हजार ३२० बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर