अग्रिम रकम २ लाख तिरेर राखेको तिन दिन मै बूढानीलकण्ठको सुधार केन्द्रमा २५ वर्षीय युवकको शंकास्पद मृत्यु — OSNepal

अग्रिम रकम २ लाख तिरेर राखेको तिन दिन मै बूढानीलकण्ठको सुधार केन्द्रमा २५ वर्षीय युवकको शंकास्पद मृत्यु

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । काठमाडौंको बूढानीलकण्ठस्थित रिह्याब सेन्टर (सुधार केन्द्र) मा राखेको तिन दिनमा नै एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भएका २५ वर्षीय टुकराज श्रेष्ठ रहेका छन् ।

उनलाई उनको परिवारले ‘अल्कोहलिक’ भएर कात्तिक २१ गते मात्र स्थानीय पासिकोटमा रहेको ‘वे अफ लिभिङ ड्रग्स एण्ड अल्कोहल’ रिह्याबमा सुधार केन्द्रमा राखेका थिए । तर उनको कात्तिक २४ गते मध्यराति नै शंकास्पद मृत्यु भएको छ ।

सुधार केन्द्रले उनको ज्यान गएपछि मात्र परिवारलाई खबर गरेको थियो । मृतक श्रेष्ठलाई उनको परिवारले खबर पाएपछि महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा लगेका थिए । परिवारका अनुसार उनको खुट्टा, आँखा र कन्चटमा चोट लागेको छ ।

अग्रिम रकम २ लाख तिरेर राखेको तिन दिनमा नै मृत्यु भएपछि आफन्तहरुले उनलाई बाँधेर राखेको र करेन्ट लगाएर ज्यान लिएको दावी गरेका छन् । उनको पोष्टमार्टम रिर्पोट आएपछि थप अनुशन्धान थालिने महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

मृतकका परिवारले उनको हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर