विश्व मधुमेह दिवस : मधुमेहबाट जोगिऔ, स्वस्थ रहौं — OSNepal

विश्व मधुमेह दिवस : मधुमेहबाट जोगिऔ, स्वस्थ रहौं

LC (KTM) November 16, 2021 0

काठमाडौ । वल्र्ड डाइविटिज डे (विश्व मधुमेह दिवस) को अवसरमा भक्तपुर हर्ड एण्ड डाइविटिक सेन्टरलगायतको संयुक्त आयोजनामा भक्तपुरमा डाइविटिस् ¥याली निकालिएको छ ।भक्तपुर हर्ड एण्ड डाइविटिक सेन्टरको शाखा सूर्यविनायकबाट ¥याली सुरु गरिएको थियो । ¥याली भक्तपुर नगर परिक्रमा गरी पार्टी भेन्यु सूर्यविनायमा पुगेर टुंगिएको थियो । समापन कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रिक ३२५ ए टुका गभर्नर केशव पाण्डे र पाष्ट प्रेसिडेण्ड गभर्नर केपी अवालले बोल्नुभएको थियो ।

भक्तपुर हर्ड एण्ड डाइविटिक सेन्टरसहित लाइन्स क्लव अफ भक्तपुर हर्ट एण्ड डाइविटक सेन्टर, लायन्स क्लव अफ भक्तपुर फर्मासिस्ष्ट, लायन्स क्वल अफ भक्तपुर डक्टर, लान्यस क्लव अफ भक्तपुर नर्स र लियो क्लव अफ भक्तपुर हर्ट ण्ड डाइवेटिक सेन्टरको संयुक्त आयोजनामा ¥याली निकालिएको थियो ।

डाइवेटिजकोबारे जानकारी दिन ¥याली निकालिएको जनाइएको छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति भन्ने भनाईका साथ ¥याली निकालिएको भक्तपुर हर्ड एण्ड डाइविटिज सेन्टरका वीरेन्द्रकाजी प्रधानांगले जानकारी दिनुभयो ।

¥यालीमा स्वप्नशिल बचत तथा श्रृण सहकारी संस्था लिमिडेड, भक्तपुर जेसिस, लायन्स क्वल अफ भक्तपुर तलेजूलगायतकासँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहनुभएको थियो ।कार्यक्रम मेडिक फर्मास्युटिकल्स काठमाडौं, वर्क हर्ट फर्मास्युटिकल्स काठमाडौलगायतको सहयोगमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर