प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण — OSNepal

प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण

LC (KTM) November 17, 2021 0

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । यस अवधिमा ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा छ, पाँचथरमा दुई, उदयपुर र इलाममा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर