OSNepal बिहिबार, मंसिर १६ २०७८

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै
Reading Time: < 1 minute

काठमाडौं, १ मंसिर – सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।

ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड