तनहुँमा दुई महिने शिशुको मिर्गौलामा देखियो समस्या — OSNepal

तनहुँमा दुई महिने शिशुको मिर्गौलामा देखियो समस्या

LC (KTM) November 17, 2021 0

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा निवासी जन्मजात मिर्गौलामा समस्या देखिएका दुई महिने शिशु प्रकाश विकको उपचारका लागि दश हजार सहयोग गर्दै गाछेपानीका महिला । देउसीभैलो खेलेर सङ्कलित रकममध्येबाट उनीहरुले बालकको उपचारका लागि सहयोग गरेका हुन् ।

गण्डकीमा कर्मचारी सूचना प्रणाली लागू-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीको सरुवा–बढुवामा एकरुपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिनुभयो । प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणाली लागू गरिएको प्रदेश प्रमुख सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो ।

उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचासमेत उल्लेख गरिएको उहाँको भनाइ छ । “गण्डकी प्रदेशमा करिब तीन हजार कर्मचारीको दरबन्दीमध्ये दुई हजार मात्र पूर्ति भएको छ”, रेग्मीले भन्नुभयो, “कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुन्छ ।” मुलुकका सात प्रदेशमध्ये गण्डकीमा यो प्रणाली पहिलोपटक लागू भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर