नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट — OSNepal

नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट

LC (KTM) November 17, 2021 0

काठमाडौं, १ मंसिर । नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड कतार विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो ।

नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे । पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो ।

जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो । समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर