ओलीको प्राइभेट पार्टी एमाले सुकेको माछा जस्तै हो भोली सतीदेवीको लास बन्छ : नेता मेटमणी चौधरी — OSNepal

ओलीको प्राइभेट पार्टी एमाले सुकेको माछा जस्तै हो भोली सतीदेवीको लास बन्छ : नेता मेटमणी चौधरी

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले नेकपा एमाले अब अध्यक्ष केपी ओलीको प्राइभेट पार्टी भएको भनी आलोचना गरेका छन् । आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता चौधरीले यस्तो आलोचना गरेका हुन् ।

ओलीको प्राइभेट पार्टी बनेको एमाले सुकेको माछाजस्तै हो भोली यो सतीदेवीको लास जस्तै बन्ने भन्दै उनले आफ्नो नेकपा एसको आकर्षया दिनहुँ बढ्दै गएको समेत दावी गरेका छन् ।

नेता चौधरीले भने, ‘नेकपा एमाले केपी ओलीको प्राइभेट पार्टी हो । यो सुकेको माछाजस्तै हो । भोलि सतीदेवीको लास जस्तै बन्ने हो । समाजवादी पार्टीको आकर्षण दिनदिनै बढ्दै छ, ओलीको पार्टी सुक्ने पोजिसनमा अघि बढ्दै छ । एमालेको प्रभाव तपाईंले कहाँ देख्नुभएको छ ?’

आगामी निर्वाचनमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका नेता चौधरीले पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग नल्याउने स्पष्ट नगाउने समेत स्पष्ट पारेका छन् ।

उनले भने, ‘हामी सकभर न्यायालयभित्रको समस्या आफैं समाधान होस् भन्ने चाहन्छौं । हामीले त्यसमा बोल्दा हस्तक्षेप भनिएला । तर न्यायालयको विवादलाई लामो समयसम्म रहन दिनु पनि उचित होइन । राजनीतिक दलहरु अघि बढेपछि सहज अवतरण हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर