स्ट्रबेरी खानुस् रोगबाट बच्नुस् — OSNepal

स्ट्रबेरी खानुस् रोगबाट बच्नुस्

LC (KTM) November 17, 2021 0

काठमाडौं । तपाईलाई स्ट्रबेरी कतिको मन पर्छ ? स्ट्रबेरी सबैलाई मन पर्ने फल हो । यसको स्वाद गुलियो हुन्छ । स्वास्थ्यको हिसाबले पनि स्ट्रबेरी निकै फाईदाजनक रहेको छ । यसको सेवनले शरीरमा लाग्ने सबै प्रकारका रोगहरु हटेर जान्छ । यसले क्यान्सरसँग लड्ने क्षमतामा बृद्धि गराउछ । स्ट्रबेरीको सेवनले शरीरलाई कस्तो कस्तो फाईदा गर्छ भन्ने कुरा बताउन गईरहेका छौ ।

स्ट्रबेरीको सेवनले आँखालाई फाईदा गर्छ । आँखामा हुने कन्ट्राक्टिङको समस्यालाई समाधान गर्ने काम स्ट्रबेरीले गर्छ । यसमा प्रसस्तै मात्रामा भीटामिन सी हुने भएकाले गर्दा यसले शरीरमा इम्युनिटी पावर बढाउन मद्धत गर्छ ।

यसको सेवनले छालालाई राम्रो बनाउँछ । यसले छालालाई सफा, मुलायम र नरम बनाउने काम गर्छ । यसले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ । यसको सेवनले क्यान्सरसँग लड्न सक्ने क्षमतामा बृद्धि गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर