के प्रेममा छन् परिणीती ? भनिन् आफूले विवाह गर्ने निर्णय लिएको दिन घोषणा गर्नेछु — OSNepal

के प्रेममा छन् परिणीती ? भनिन् आफूले विवाह गर्ने निर्णय लिएको दिन घोषणा गर्नेछु

LC (KTM) November 17, 2021 0

एजेन्सी- बलिउडकी सुन्दरी नायिका हुन् परिणती चोपडा । उनी पछिल्लो समय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकमा व्यस्त रहेकी छन् । फिल्मका लागि मिहिनेत गरिरहेकी परिणिति र सहायक निर्देशक चरित देसाईको प्रेम सम्बन्धलाई लिएर बलिउड गर्माएको छ ।

तर उनले यसबारमा े आफूले कुनै कुरालाई इन्कार पनि नगरेको र स्वीकार पनि नगरेको बताएकी छन् । नले भनेकी छिन्, ‘मेरो परिवार र साथीले यसको सत्य जान्दछन् । मिडिया जान्न चाहन्छ कि यसबारे मैले केही घोषणा गरूँ । तर, म भन्न चाहन्छु कि यो मेरो निजी जिन्दगी हो ।

न म कुनै कुरालाई लिएर बोल्छु, न त बाहिर आएका कुरालाई इग्नोर नै गर्छु ।’ प्रियंका चोपडाको विवाहपूर्वको समारोहमा उनीहरूको तस्बिर सार्वजनिक भएपछि उनीहरुको प्रेम भएको कुरा बाहिर आएको थियो । चरित देसाईसँग परिणितिको भेट अमेरिका भ्रमणका वेला भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर