ताप्लेजुङमा ६४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरियो — OSNepal

ताप्लेजुङमा ६४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरियो

LC (KTM) November 17, 2021 0

नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ ।

डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालित शिविरको सहयोगी संस्थाका रुपमा सानिमा बैंक रहेको केन्द्रका इन्चार्ज काजिमान गुरुङले बताउनुभयो ।

आँखाको उपचार गर्नका लागि दुई–तीन दिन लगाएर विभिन्न दुर्गम गाउँहरुबाट आँखा उपचार केन्द्रमा आएर निःशुल्क सेवा लिएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर