अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान हुन्छ : अध्यक्ष प्रचण्ड — OSNepal

अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमा नै सर्वोच्च अदालतमा देखिएको समस्या समाधान हुने बताएका छन् ।

बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउँदै गर्दा जनकपुर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले विश्वासका साथ यस्तो प्रतिक्रिया दिएका हुन् ।

सबै पक्षले आ(आफ्नो ठाउँबाट पहल गर्ने आशा आफु भएको बताएका उनले एक दुई दिनमा नै समस्या समाधान हुने बताएका छन् ।

प्रचण्डले भने, हामी ‘अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर