दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा — OSNepal

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

LC (KTM) November 17, 2021 0

नयाँदिल्ली, १ मङ्सिर – भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ ।वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् ।

तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् । त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर