विश्वासको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री राई भने, भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु — OSNepal

विश्वासको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री राई भने, भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभाको बैठकमा विश्वासका मत मागेका छन् । बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै आफु मिलेर जान तयार भएको बताएका छन् ।

आफु भोलीका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार भएको बताएका मुख्यमन्त्री राईले विगतका तितामिठा कुरा मिलाउँदै जानुपर्ने बताएका छन् । अहिले मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

हाल प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । जसामा ४० जना प्रतिपक्षका छन् भने एक जना राप्रपाका छन् । ५० जना प्रदेश सांसदले राईलाई विश्वासको मत दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर