मझेरी खाजा घरबाट आठ जना जुवाडे नगदसहित पक्राउ — OSNepal

मझेरी खाजा घरबाट आठ जना जुवाडे नगदसहित पक्राउ

LC (KTM) November 17, 2021 0

कास्की १ मंसिर । पोखरमा प्रहरीले ८ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही महानगरपालिका- ५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर सहति आठ जना रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर