तपाईलाई घमौराले सताएको छ ? अपनाउनुस् यस्ता घरेलु उपाए, जसको प्रयोगले तपाईको घमौरा निको हुन्छ — OSNepal

तपाईलाई घमौराले सताएको छ ? अपनाउनुस् यस्ता घरेलु उपाए, जसको प्रयोगले तपाईको घमौरा निको हुन्छ

LC (KTM) November 17, 2021 0

काठमाडौं । गर्मी सुरु भएसँगै विभिन्न प्रकारका समस्याहरुले सताउने गर्दछ । गर्मी निकै बढेको खण्डमा प्राय व्यक्तिहरुको शरीरमा घमौराले सताउने गर्छ ।

गर्मी अत्याधिक भएमा घमौरा शरीरको जताततै फैलने गर्दछ । यदि घमौराले निकै सताएको खण्डमा कस्तो घरेलु उपाए अपनाउन सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौं ।

तुलसी प्राय सबै खालको समस्याको अचुक औषधी हो । घमौरा आएको ठाउँमा तुलसीको डाँठलाई घोटेर त्यसको लेपलाई लगाएको खण्डमा घमौरा चाडै निको हुन्छ ।

निमको पातलाई पानीमा उमालेर घमौरा आएको ठाउँमा लगाएको खण्डमा पनि घमौरा चाडैनै निको हुन्छ । नरिवलको तेलमा कपूर मिसाएर लगाएमा पनि घमौरा चाडै निको हुन्छ । त्यस्तै घमौरा आएको ठाउँमा बरफ लगाएको खण्डमा पनि चाडै नै निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर